सन्दीप विश्वकर्मा
दैलेख भदौ १२
दैलेख जिल्लाको विभिन्न गाविसमा सञ्चालित पहल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्घन (पहल) कार्यक्रम अमेरिकी सहयोग नियोग (यु.एस.ए.आई.डी.) को आर्थिक सहयोग तथा मर्सिकोर नेपाल, आइ.डि.ई., प्लान इन्टरनेशनल, टफ्टस विश्वविद्यालय अन्तर्गतको फाइन्स्टाइन इन्टरनेशनल सेन्टर नामक अन्तर्राष्ट्रिय साझेदारहरु तथा राष्ट्रिय साझेदारहरु एनट्याग, रुपान्तरण, रिम्स नेपाल र सप्रोस संगको सहकार्यमा स्थानीय साझेदार संस्था दिगो कृषि तथा वातावरण र जलस्रोत संरक्षण केन्द्र (सेवक) दैलेख मार्फत संचालित कार्यक्रम हो ।
शान्तिका लागि खाद्य निकायको आर्थिक सहयोगमा पाँच बर्षको लागि संचालित यस कार्यक्रमले मध्य तथा सुदूर पश्चिमी पहाडी र हिमाली भेगका १४ जिल्लाका बिभिन्न गा.वि.स.हरुमा अवस्थित विपन्न एवं कुपोषण ग्रस्त समुदायहरुका संकटासन्न घरपरिवारहरुको जीविकोपार्जन तथा पोषणको स्थितिमा सुधार ल्याउने र विपदको प्रभावलाई न्यूनिकरण, अनुकूलन र पुर्नलाभ गराउदै तिनै घरपरिवारहरुको क्षमता अभिवृद्घि गर्ने अपेक्षा राखेको छ । कार्यक्रम दैलेखमा पहिलो चरणमा कालिका, द्धारी, मेहेल्तोली र जगनाथ गाविसमा कार्यक्रम संचालित रहेको छ भने दोस्रँो चरणमा पिपलकोट, सिंहासैंन, तिलेपाटा, तोलीजैसी, लयाटीबिन्द्रासैनी, चामुण्डा, कुसापानी र काँशीकाँध गाबिसमा कार्यक्रम संचालन हुने वताईएको छ ।
कृषि क्षेत्र अनतरगत कृषि खेतिलाई व्यवसायिकरण गर्नका लागी विकट स्थानमा विपन्न वर्गका समुदायलाई लक्षित गरि स्थान र वातावरण पहिचान गरि कृषक समुह गठन गरि किसानलाई उचित ज्ञान, सिप, प्रविधि हस्तान्तरण गरिएको छ भने सुख्खा स्थानमा व्यसायिक समुह तथा कृषकलाई मध्यनजर गरि सरल सिचाई थोपा प्रविधि, वहुउदेश्यिय सिचाई आयोजना निर्माण गरिएको छ । प्रशस्त मात्रामा वन जंगल हुने र व्यवसाय संचालन गरि आम्दानमिा सूधार गर्नका लागी विभिन्न स्थानमा वाख्रापालन समुह गठन गरि व्यवसायिक वाख्रापालन गर्नका लाागी तालिम सञ्चालन भईरहेको कृषि कार्यक्रम अधिकृत हरि लाम्टागंीले जानकारी दिए । यसैगरि सहकारी तथा वित्तिय क्षेत्र अनतरगत दैलेख जिल्लाका १० गाविसका सहकारीसंग सहकार्य गर्दै विपन्न परिवारका सदस्यहरुको वचत तथा सुरक्षित भविष्य पहिचानका लागी सहकारीका माध्यमवाट वचत तथा जिवनस्तर सूधारकालागी साक्षरता कक्षा गाउ गाउमा संंचालन गरिएको वताईएका छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा स्थानिय विपद् व्यवस्थापन समिति निर्माण गरि जिल्ला स्थित विभिन्न कारणवाट विपद्मा परेका समुदाय तथा घरपरिवारलाई सहयोगका साथै विपद्पर्नुभन्दा पहिले कसरी सचेत हुन सकिन्छ भन्ने विषयमा जनचेतना मुलक कार्यक्रम जिल्लाका कार्यक्रम संचालन भएका गाविसमा विपद्् व्यवस्थापन समिति तयार गरि विपद् सम्वन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । कालिका १ स्थित वेमौषमि तथा फलफुल उत्पादन कृषक समुहकी कोषाध्यक्ष पूष्पा वलामी मगर कार्यक्रम देखी निकै खुसी रहेको वताउछिन कार्यक्रम संचाालन हुनु पूर्व टमाटर खेतिको वारेमा जानकारी नभएको र हाल कार्यक्रम संचालन पश्चात प्लाष्टिक घरमा टमाटर खेति गरि हाल सम्म रु. ४८हजार नगद आम्दानी गरेको वताउछिन उनले गाउँमा आम्दानीको स्रोत नभएको अवस्थामा कार्यक्रमले प्रदान गरेको सहयोग आम्दानीको स्रोत भएको बताईन ।
मेहलतोली ८ स्थित वडावल तरकारी उत्पादन कृषक समुहका सदस्य झपिराम रेग्मीले पनि उस्तै खुसि वाडे कार्यक्रम संचालन पछि मौषमी तथा वेमौषमी समयमा तरकारी उत्पादन गरिरहेको र हाल करिव दश हजार आम्दानी गरेको वताउछन भने सोहि समुहकी सदस्य अमृता शाहिले हाल सम्म ८ हजार आम्दानी गरेको वताईन् उनले भनिन् कार्यक्रम गरिव तथा विपन्न परिवारकालागी राम्रो भएको जानकारी गराईन् ।
कार्यक्रमले खाद्य संकटमा रहेका समुदायलाई लक्षित गरि कार्यक्रम संचालन गरिएकोले विपन्न समुदायका लागी प्रभावकारी हुने विश्वास रहेको सेवक दैलेखका कार्यक्रम संयोजक शैलेश मल्ल वताउछन कार्यक्रममा वढी भन्दा वढी महिला सहभागीता तथा पारदर्शिता लगाएतका क्षेत्रमा कार्यक्रमले वढी जोड दिने भएकाले स्थानीय स्तरमा सहजै पुगी विपन्न परिवारको मन जित्न सफल भएको वताउँछन ।









